काठमाडौं, असार १५ । विधानले व्यवस्था गरेको प्रदेशको अधिकार कार्यान्वयनका लागि ध्यानाकर्षण गराउन आज गण्डकी प्रदेशको राजधानी पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरू भेला हुँदै छन् । यो भेलाले प्रदेश सरकारबाट भएका उपलब्धि र प्रदेशले पाउने अधिकारका विषयमा छलफल गर्दै संघीय सरकारको ध्यानाकर्षण गर्ने बताइएको छ ।
गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं जलस्रोत सिंचाइ तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले असार १५ र १६ गते सातै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन हुन लागेको पुष्टि गरे। उनले गण्डकी प्रदेशको मुख्य संयोजनमा गर्न लागिएको मुख्यमन्त्रीहरूको भेलामा प्रदेश सरकारका समस्या सुन्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत बोलाइएको जानकारी दिए।




