काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको एक वर्षको यात्रा आफूले अत्यन्त सकारात्मक, उर्जावान र आशा र भरोसाको रुपमा पाएको बताएका छन् । पार्टी स्थापनाको एक वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यात्रा सुरुवात गर्दाखेरी नै विश्वास भएपनि उक्त विश्वास मतमा बदलिने कुरामा हेक्का नरहेको उनले बताए ।
‘अन्तन्त सकारात्मक, अत्यन्त उर्जावान र नेपाली जनताले आशा र भरोसाको रुपमा हेरेको यात्राको रुपमा मैले पाएको छु । सुरुवात गर्दाखेरी हामीलाई विश्वास त थियो तर त्यो विश्वास मतमा बदलिन्छ कि बदलिँदैन भन्ने कुराको हेक्का थिएन,’– उनले भने ।




