काठमाडौं, असार ७ । जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।
आगामी असार ९ गतेबाट सुरु हुन गईरहेको केन्द्रीय समिति र १० गते देखी सुरु हुने विधान अधिवेशनको बारेमा छलफलका लागि कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।
जसपाका प्रवक्ता मनिष सुमनका अनुसार आजको बैठकमा विधान अधिवेशनको तयारी तथा प्रस्तावित संशोधनसहित तयार पारिएको विधान मस्यौंदामाथि कार्यकारिणी सदस्यको राय लिने तथा सो राय अनुसारको निष्कर्ष राजनीतिक समितिमा पेश गरिनेछ ।




