नेतृत्वमा रहेकाहरूले गल्ती भएको अवस्थामा सरी भन्न सक्नुपर्छ : पुन

`

     २०८० आषाढ ०६ गते १:४१

काठमाडौं, असार ६ । नेकपा माओवादी केन्द्रका महासचिव वर्षमान पूनले राजनीतिक र प्रशासनिक नेतृत्वले जनतासँगको संवाद बढाउनुपर्ने बताएका छन्।

‘सरकार र सरकारी निकायको नेतृत्वमा भएकाहरूले जनताका हरेक सवालका जवाफ दिनुपर्छ। समस्या छन् भने बताउन सक्नुपर्छ’, पुनले भने, ‘सरकारी निकायका पनि समस्या र सीमितता हुन्छन्। यो संसारभरकै सरकारका हकमा लागू हुन्छ। सबै कुरा भनेकै समयमा र भनेको जसरी नहुन सक्छ। तर, सरकारी सेवा प्रवाहमा भएका समस्याबारे जनतासँग संवाद गर्नु डेमोक्रेटिक व्यवस्थामा अनिवार्य पक्ष हो।’

काममा ढिलाइ हुँदा वा सेवा प्रवाह प्रभावकारी नहुँदा सेवाग्रामीमा मन्त्री र सचिवले पक्कै पनि चलखेल गरेको हुनुपर्छ भन्ने मनोविज्ञान विकास भएको पुनले उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?