नक्कली शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणको थुनछेक बहस सुरू

`

     २०८० ज्येष्ठ ३० गते ११:४१

काठमाडौं, ३० जेठ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको थुनछेक बहस सुरु भएको छ । प्रतिवादीका तर्फबाट बहसका लागि छुट्याइएको समयको अन्तिम दिन खाँणका वकिलहरुले बहस सुरु गरेका हुन् ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनामध्ये खाँणसहित ६ जनाको प्रतिरक्षा बहस बाँकी नै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा थुनछेक बहस भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?