काठमाडौँ महानगरपालिकाद्वारा काठमाडौँका दुई वटा अस्पताल सिल

`

     २०८० ज्येष्ठ २९ गते ५:३३

काठमाडौँ, जेठ २९ । काठमाडौं महानगरपालिकाले दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका दुई वटा अस्पताल सिल गरेको छ ।

महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हो ।

महानगरका अनुसार अस्पताल भित्र सञ्चालित फार्मेसी विना दर्ता सञ्चालन भइरहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?