नेप्से परिसूचक ७.७९ अङ्कले उकालो लाग्यो

`

     २०८० ज्येष्ठ २९ गते ४:१५

काठमाडौँ, जेठ २९ । तीव्र उतारचढावबीच आज नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा सात दशमलव ७९ अङ्कको वृद्धि देखिएको छ ।

नेप्से परिसूचक शून्य दशमलव ३९ प्रतिशतले बढेर एक हजार नौ सय ८७ दशमलव ८७ अङ्क पुगेको छ ।

आज दुई सय ८५ कम्पनीको ७४ लाख ५४ हजार सात कित्ता शेयर दुई अर्ब ८८ करोड ६५ लाख नौ हजार चार सय १५ मा को कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?