काठमाडौँ, २८ जेठ । चालु आर्थिक वर्षको १० महिनामा केन्द्रीय बैंकले ४९ खर्ब ४९ अर्ब ४७ करोड रुपैयाँ बराबरको तरलता बजारमा प्रवाह गरेको छ । समीक्षा अवधिमा केन्द्रीय बैंकबाट रिपोमार्फत ४ खर्ब १४ अर्ब ४७ करोड रुपैयाँ, सोझै खरिद बोलकबोल मार्फत ८९ अर्ब ७० करोड रुपैयाँ, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २६ अर्ब ९६ करोड रुपैयाँ र ओभरनाइट तरलता सुविधामार्फत १७ खर्ब १८ अर्ब ८ करोड रुपैयाँ गरी कुल ४९ खर्ब ४९ अर्ब २२ करोड (कारोबारमा आधारित) रुपैयाँ तरलता प्रवाह गरिएको बैंकले जनाएको हो ।
यद्यपि, सोही अवधिमा रिभर्स रिपोमार्फत ५ अर्ब रुपैयाँ बजारबाट तरलता प्रशोचन गरिएको समेत बैंकले जनाएको छ ।



