बामदेव गौतमको पार्टी सदस्यता एमालेमै छ : ओली

`

     २०८० ज्येष्ठ २४ गते ६:४०

काठमाडौँ, जेठ २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् ।

बामदेव गौतमले पार्टीमा ७० वर्षे उमेर हद हट्यो भने चाँहि अध्यक्षले बोलाउनुभयो भने जान्छु भन्नुभएको छ भित्र्याउनु हुन्छ या हुन्न भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘‘ठिक छ उहाँको पार्टी सदस्यता एमालेमै छ ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?