बजेट सबै डडेल्धुरा, गोरखा र नुवाकोटमा केन्द्रित गरियो भन्ने मैले सुनेँ : माधव

`

     २०८० ज्येष्ठ २४ गते १:५८

काठमाडौं, जेठ २४ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट डडेल्धुरा, गोरखा र नुवाकोट केन्द्रित भएको बताएका छन्।

डडेल्धुरा सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंसिर ४ को चुनावमा गोरखा २ बाट निर्वाचित भएका थिए। अर्थमन्त्री प्रकाशशरण महतको गृह जिल्ला नुवाकोट हो।

प्रधानमन्त्री, अर्थमन्त्री र कांग्रेस सभापतिको जिल्लामा बजेट केन्द्रित भएको आफूले सुनेको अध्यक्ष नेपाल बताउँछन्।

‘बजेट जति सबै डडेल्धुरा, गोरखा र नुवाकोटमा केन्द्रित गरियो भन्ने मैले सुनेँ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले भने, ‘यो विषय प्रधानमन्त्रीलाई कति जानकारी भएको कुरा होरु’

प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे मिश्रित प्रतिक्रिया आएको पनि नेपालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?