काठमाडौँ, २३ जेठ । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ४७ करोड रुपैयाँ निक्षेपको रूपमा बैंकमा राख्ने भएको छ । बैंकले एक वर्षका लागि उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो ।
एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इजाजतप्राप्त क, ख र ग वर्गको बैंकलाई आवेदन आह्वान गरेको छ । इच्छुक बैंकले जेठ २५ गते बेलुका ७ बजेसम्म आफूले चाहेको निक्षेप उचित ब्याजदर सहित प्रस्ताव पेस गर्न सक्नेछन् ।




