गर्मी बढे पछि मोरङ र सुनसरीका विद्यालय बन्द

`

     २०८० ज्येष्ठ १८ गते १०:०९

काठमाडौँ, जेष्ठ १८ । अत्यधिक गर्मीका कारण तराईका जिल्ला सुनसरी र मोरङका स्थानीय पालिकाले केही दिनका लागि विद्यालय बन्द गरेका छन् ।

केहीदिन देखि पूर्वी तराईको मौसरम दैनिक सरदर ४० डिग्री तापक्रम कायम रहेकाले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर विराटनगर महानगरपालिकासहित सुनसरीको इटहरी उपमहानगर र इनरुवा नगरपालिकाले बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका अनुसार यो वर्ष वैशाखमा सबैभन्दा बढी ४० दशमलव ५ डिग्री सेल्सियस तापक्रम थियो । कार्यालय प्रमुख विकास देउजाका अनुसार जेठमा दैनिक सरदर ३९ डिग्री सेल्सियस तापक्रम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?