रेशम चौधरीविरुद्धको रिटको पेशी न्यायाधीश भट्टराईको इजलासमा

`

     २०८० ज्येष्ठ १७ गते ११:५०

काठमाडौँ, जेठ १७ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुदै छ ।

यस सम्बन्धि रिट न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा पेशी तोकिएको छ ।

टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले आइतबार सर्वोच्चमा निवेदन दिएकी हुन्। सो दिन समय अभावका कारण दर्ता नभएको रिट मंगलबार सर्वोच्चमा दर्ता भएको हो । रिटमा उत्प्रेषण परमादेश बदरको माग गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?