बजेट कार्यान्वयन हुने सम्भावना छैन : विष्णुप्रसाद पौडेल

`

     २०८० ज्येष्ठ १६ गते ९:३४

काठमाडौँ, १६ जेष्ठ । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयनको सम्भावना नभएको बताएका छन् ।

सोमबार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयन हुने सम्भवना नदेखिएको बताएका हुन् ।

‘सरकारले ल्याएको बजेटले संकटमा रहेको अर्थतन्त्रलाई समाधानको दृष्टिकोण पनि दिन सकेन । चलनचल्तीका कार्यक्रम घोषणा बाहेक बजेटले केही गर्न सकेको छैन,’ उनले भने, ‘आम नेपाली जनतामा आशा र भरोसा दिन सक्दैन । अर्थतन्त्र जुन संकट र मन्दीको अवस्थामा छ भन्ने कुरालाई बुझेर त्यसको उचाईबाट समाधान दिनुपर्ने थियो । त्यस हिसाबले बजेट आएको छैन। बजेट कार्यान्वयन हुने कुनै सम्भावना छैन । राजश्व परिचालनको दृष्टिकोणले गर्दा चालु आर्थिक वर्षमा दर्दानक अवस्था छ । सरकारले ल्याएको बजेटले लिएका लक्ष्य अनुसार राजश्व परिचालन, पुँजीगत खर्च, लगानी र ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य समेत पूरा गर्न सक्दैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?