रत्न मन्दिर सर्वसाधारण लागि खुल्ला

`

     २०८० ज्येष्ठ १५ गते १:१४

काठमाडौं, १५ जेठ । पोखराको फेवाताल किनारमा रहेको रत्न मन्दिर (राजदरबार) सर्वसाधारणका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराँतीले आज (सोमबार) १६औं गणतन्त्र दिवसको अवसर पारेर उक्त मन्दिर सर्वसाधरणका लागि खुला गरिएको हो ।

उक्त मन्दिर राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नाको नाममा बनाएका थिए । सर्वसाधरणलाई उक्त मन्दिरमा प्रवेश अनुमति थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?