रेशम चौधरीलाई आममाफी दिन मन्त्रिपरिषदको सिफारिस

`

     २०८० ज्येष्ठ १४ गते ११:३३

काठमाडौं, जेठ १४ । सरकारले रेशम चौधरीलाई आममाफी दिन सिफारिस गरेको छ।

आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना, प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

मन्त्रिपरिषदको सिफारिसअनुसार गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि (सोमबार) चौधरीलाई आममाफी दिनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?