प्रचण्ड चिया-कफी खान भारत जाँदै हुनुहुन्छ : एमाले सचिव

`

     २०८० ज्येष्ठ १२ गते १०:०१

काठमाडौं, १२ जेठ । नेकपा एमालेका सचिव एवं पूर्वपरराष्ट्र मन्त्री रघुवीर महासेठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण औपचारिक हो कि होइन, भ्रमणका एजेन्डा के के हुन् भन्ने बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् ।

‘प्रचण्डले प्रधानमन्त्रीको शपथग्रहण गर्ने बित्तिकै भारत भ्रमणमा जाने बताउनुभयो । जब कि आजभन्दा सात दिन अघिसम्म पनि उहाँलाई भारत भ्रमणको निम्तो थिएन । उहाँले निमन्त्रणा नै नआईकन किन भारत भ्रमणको कुरा गर्नुभयो रु यो भ्रमण औपचारिक हो कि अनौपचारिक हो ? यसका एजेन्डा केके हुन् ? सरकारले अझै पनि स्पष्ट पारेको छैन,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?