नख्खु-भैँसे पाटी सडक जेठभित्र पुरा गरिसक्ने

`

     २०८० ज्येष्ठ ११ गते ६:०८

काठमाडौं,११ जेठ । कोशी प्रदेशमा बजेट अधिवेशन आव्हान भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले हिजो एक सूचना जारी गर्दै आगामी १४ गते आइतबारको लागि बजेट अधिवेशन बोलाएका हुन् ।

प्रदेश प्रमुखले बजेट अधिवेशन आव्हान गरेसँगै प्रदेशमा रहेका पहिचानवादीहरुले थप कार्यक्रमको तयारी गरेका छन् ।
गत फागुन १७ गते प्रदेशसभाको दुई तिहाइ मतबाट तत्कालिन प्रदेश नम्बर एकको नाम कोशी प्रदेश राखेपछि आन्दोलित बनेका पहिचानवादीहरु त्यसपछि निरन्तर आन्दोलनमै रहेका छन् ।

आन्दोलनको क्रममा प्रहरीबाट धरपकड हुँदा चैत ५ मा घाइते भएका पदम लिम्बूको मृत्यु भएपछि आन्दोदन अझ उग्र बन्दै गएको थियो ।

निरनतरको आन्दोलन र प्रदर्शन बढ्दै गएपछि गत चैत २९ गतेबाट स्थगित भएको प्रदेशसभाको पहिलो अधिवेशन आगामी आइतवारको लागि बोलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?