राजादेखि उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गरौँ : राजेन्द्र लिङ्देन

`

     २०८० ज्येष्ठ ०८ गते १:४९

काठमाडौँ, ८ जेठ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारविरुद्धको अभियानका लागि आयोग गठन गरेर सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।

‘नीति तथा कार्यक्रममा एउटा स्वतन्त्र नागरिक आयोग गठन गरेर ४८, ४६ जहिल्यैको मिति तोकिदिनुस् । मैले त भनेको छु, पन्चहरूको, राजाको, क–कसकोबाट र कोबाट सुरु गर्ने हो । तर, अब सबैको सम्पत्ति छानबिन गरिनेछ । उनका नातागोता, परिवारको सम्पत्ति छानबिन गरिनेछ र अवैधानिक सम्पत्ति जफत गरिनेछ र कारबाही गरिनेछ भनेर लेख्नुस् न अनि पो यो सरकार भ्रष्टाचारविरुद्ध निर्मम आयो भनेर विश्वास गर्ने,’ बैठकमा लिङ्देनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?