आलोकनगरमा आकाशे पुल बनाउन प्रकाशमान सिंहको माग

`

     २०८० ज्येष्ठ ०८ गते १:२५

काठमाडौं, जेठ ८ । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले काठमाडौंको आलोकनगरमा आकाशेपुल निर्माण गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सिंहले आलोकनगर र प्रयागमार्गबीचमा आकाशेपुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

यो क्षेत्रमा सवारी दुर्घटना भइरहेकोले स्थानीय बासिन्दाले आकाशेपुल निर्माण गर्न माग गरिरहेको सिंहको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?