राष्ट्रियसभाको बैठक बस्दै

`

     २०८० ज्येष्ठ ०८ गते १०:३६

काठमाडौं,८ जेठ । संघीय संसदअन्तर्गतको राष्ट्रियसभाको बैठक आजपनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम संसद्को दुबै सदनको संयुक्त बैठकमा पेस गरेका थिए ।

सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि हिजोबाट संसद्मा छलफल सुरू भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?