सन्दीपको मुद्धामा पीडितको थप प्रमाण झिकाउन आदेश

`

     २०८० ज्येष्ठ ०७ गते ६:५०

काठमाडौँ, जेठ ७ । सन्दीप लामिछानेविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंले पीडितको बारेमा थप प्रमाण झिकाउन आदेश गरेको छ ।

आइतबार न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले पीडितको जन्मदर्ता रहेको स्थानीय तहको वडा कार्यालयबाट जन्मदर्ताको अभिलेख र उनको जन्म भएको भनिएको अस्पतालबाट जन्मदर्ताको दर्ता किताब झिकाउने आदेश दिएको हो ।

यसअघि वडा कार्यालयले अदालतमा पठाएको जन्मदर्ताको विवरण पीडितले नागरिकता बनाउँदाको अभिलेखसँग नमिलेको पाइएको थियो । त्यस्तै पीडितको जन्म भएको अस्पतालबाट पेश भएको भनिएको प्रमाणमा समेत पीडित पक्षले प्रश्न उठाइरहेका बेला अदालतले सो समेत झिकाउन आदेश दिएको छ ।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?