काठमाडौँ, ३ जेठ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले नै प्रस्तुत गर्ने भएका छन्।
सरकारले जेठ ५ गते ल्याउँदै गरेको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले पढ्ने राष्ट्रपतिको कार्यालयले संसद् सचिवालयलाई पत्र पठाएको छ।
सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते सदनमा प्रस्तुत गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच सहमति भइसकेको छ।




