गत वर्षको तुलनामा काठमाडौँ महानगरको राजस्व सङ्कलनमा वृद्धि

`

     २०८० ज्येष्ठ ०३ गते ३:१७

काठमाडौँ, जेठ ३ । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ७ अर्ब ३९ करोड ४० लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । महानगरले चालु आवमा १० अर्ब ४१ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

गत आवको १० महिनामा महानगरले ५ अर्ब ३७ करोड २३ लाख रुपैयाँ अर्थात लक्ष्यको ५९ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?