अस्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

`

     २०८० ज्येष्ठ ०३ गते १०:५३

काठमाडौँ, ३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्समार्फत प्रधानमन्त्री प्रचण्डले नेपाल भ्रमणको निम्तो दिएका हुन् । नेपाल भ्रमणमा रहेका सहायक विदेश मन्त्री टिम वाट्स बुधवार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

सो क्रममा द्विपक्षीय हित । आपसी चासोका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डका निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?