जनता हामीबाट अलग हुने खतरा देखिराखेको छुः  भट्टराई

`

     २०८० ज्येष्ठ ०१ गते ६:४२

काठमाडौं, १ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टीकरणको पक्षपोषणमाले लागेमा आगामी दिनमा जनताले नकार्ने बताएका छन् । आज  ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले अहिले युवाहरुले नयाँपन खोजिराखेको र नयाँपन खोजेपनि विकल्प के हो भन्ने पहिल्याउन नसकेको टिप्पणी गरे । वाम शक्तिहरु आगामी दिनमा पनि हिजोकै गाथा गाएर बसेको खण्डमा जनता आफूहरुबाट अलग हुने उनको भनाई छ ।

‘युवामा असन्तुष्टि छ, नयाँपन खोजिराखेका छन् । त्यसले गर्दा उनीहरुले अहिले नयाँको कुरा त गरेका छन् तर विकल्प के हो ठम्याउन सकिराखेका छैनन् । यस्तो बेलामा हामी हिजोका क्रान्तिकारी शक्तिहरुले समयानुकूल आफूलाई रुपान्तर गर्न सकेनौं र हिजोकैमात्र गाथा गाएर बसिराख्यौं भने जनता हामीबाट अलग हुनसक्छन् । त्यो खतरा मैले देखिराखेको छु,’– उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?