सुनचाँदीको मूल्य स्थिर

`

     २०८० वैशाख ३१ गते १२:१०

काठमाडौँ, बैशाख ३१ । नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ ।

शुक्रबार तोलामा ८०० रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँकायम गरिएको छ ।

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । सोही मूल्यमा शुक्रबार पनि सुन किनबेच भएको थियो ।

आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?