परराष्ट्र मन्त्री साउद शुक्रबार बंगलादेश जाने

`

     २०८० वैशाख २८ गते ६:०७

काठमाडौं, वैशाख २८ । परराष्ट्र मन्त्री एनपी साउद शुक्रबार बंगलादेश जानेका भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार ढाकामा हुने इन्डियन ओसन कन्फरेन्समा भाग लिन उनी बंगलादेश जान लागेका हुन्।

आउने शनिबार मन्त्री साउदले कन्फरेन्सलाई सम्बोधन गर्ने बताइएको छ।

कन्फरेन्समा इन्डियन ओसन आसपासका २५ देशका प्रतिनिधिहरू सहभागी हुने छन्। भुटान, बहराइन, सिंगापुरबाट परराष्ट्र मन्त्री आउने छन्।

ढाका रहँदा मन्त्री साउद बंगलादेशका उच्च सरकारी अधिकारीसँगै कन्फरेन्समा आएका विभिन्न देशका प्रतिनिधिहरूसँग भेटवार्ता गर्ने छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?