नेप्सेमा ३.३४ अङ्कको गिरावट

`

     २०८० वैशाख २८ गते ३:३९

काठमाडौं, वैशाख २८ । बिहीबार नेप्से परिसूचक ३.३४ अंकले घटेर १८३८.५९ बिन्दुमा पुगेको छ।

गत कारोबार दिन ५८ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ५७ करोड ८८ लाख ४१ हजार ५९३ रुपैयाँ पुगेको छ।

यस दिन २५९ वटा धितोपत्रको २१ लाख ५ हजार ६५७ कित्ता सेयर किनबेच भएको हो। बिहीबार आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.१० प्रतिशतले बढेको छ।

यसैगरी, फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्य ५.९९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य १ हजार ११५ रुपैयाँ पुगेको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?