सुनको मूल्य आज स्थिर

`

     २०८० वैशाख २८ गते ११:५९

काठमाडौँ, बैशाख २८ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

यसअघि बुधबार प्रतितोला १ लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

त्यसैगरी, नेपाल सुनचाँदी व्यवसाय माहासंघका अनुसार बिहीबार चाँदीको मूल्य भने घटेको छ। बिहीबार चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?