पार्टीका आन्तरिक विषयबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

`

     २०८० वैशाख २७ गते ४:५४

काठमाडौं, वैशाख २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

आज अपरान्ह ५ बजे निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएका हुन्।

समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयबारे छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक राखेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?