भ्रष्टाचारमा कहाँनेर लिङ्ग जोडिएको हुन्छ : तोसिमा कार्की

`

     २०८० वैशाख २६ गते १:५२

काठमाडौँ, बैशाख २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले भ्रष्टाचारमा कहाँनेर लिङ्ग जोडिएको हुन्छ रु भन्दै नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवालाई लक्षित गर्दै संसदमा प्रश्न गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै तोसिमाले नक्कली शरणार्थी प्रकरणमा सार्वजनिक ‘टेप काण्ड’ को अनुसन्धान गर्न माग गर्दै भ्रष्टाचारमा कहाँनेर लिङ्ग जोडिएको हुन्छ रु भन्ने प्रश्न गरेकी छन् ।

उनले भनिन्- एक माननीय महिला सांसदले भन्नुभयो– टेप काण्डको अनुसन्धान माग गर्दा महिलाविरोधी भयो, महिला हिंसा भयो । मलाई उत्तर दिनपर्यो । भ्रष्टाचारमा कहाँनेर लिङ्ग जोडिएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?