काठमाडौँ, बैशाख २५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९३१ जनामा गरिएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १४७ जना सक्रिय संक्रमित रहेका छन् ।



