काँग्रेसमा गगन थापा भर्सेस देउवा हुने खतरा

`

     २०८० वैशाख २५ गते १०:४५

काठमाडौँ, बैशाख २५ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आइतबार सामाजिक सञ्जालमार्फत व्यक्त गरेको विचारले काँग्रेसमा नयाँ तरंग ल्याएको छ ।

काँग्रेसमा सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट रहेका गगनले अन्ततस् आफ्नो असन्तुष्टि सामाजिक संजालमा पोख्दै उनीविरुद्ध नयाँ मोर्चा खोल्ने संकेत गरेका छन् ।

उनले भनेका छन् ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो । ’

गगनको अभिव्यक्तिपछि अनेकौं अड्कलबाजी शुरु भएको छ । एक थरि कांग्रेस कार्यकर्ताले अब कांग्रेसमा सिधै देउवा भर्सेस गगन हुने बताएका छन् भने अर्को थरिले गगनले कांग्रेस फुटाउने त होइनन् भन्ने आशंका व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?