काठमाडौं, वैशाख २४ । नेपाली नागरिकता लिएको पाइएपछि १० जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयले शनिबार १० जनालाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।
उनीहरूले विभिन्न जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाएको खुलेको छ।
झुटा विवरण दिएर नेपाली नागरिकता लिएका हुन् वा कीर्ते गरी बनाएका हुन् भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।




