सत्ता गठबन्धनको बैठक सकियो, सरकारलाई पूर्णता दिनेबारे छलफल

`

     २०८० वैशाख २० गते ६:२९

काठमाडौं, वैशाख २० । बुधबार साँझ बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ।

आजको बैठकमा नीति, तथा कार्यक्रम, सरकारलाई पूर्णता दिनेबारे छलफल भएको छ।

संसद्को बर्खे अधिवेशन आह्वान भइसकेको सन्दर्भमा आजको बैठक मूलतः बजेट निर्माणमा केन्द्रित रहेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन्।

उनले बैठकमा रास्वपालाई सरकारमा ल्याउने विषयमा कुराकानी भएको र त्यसलाई प्रधानमन्त्रीले नै सम्बोधन गर्ने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?