काठमाडौँ, १९ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ढुंगामुढा गर्नेमाथि व्यङ्ग्य गरेर भलाद्मी काम गरेको टिप्पणी गरेका छन् ।
‘ग्रास रुटको अवस्था के कस्तो भयो भनेर बुझ्नु थियो, केही जिल्लामा हेर्ने भनेर निस्किएको थिएँ । केही भलाद्मी मान्छे भन्नु पर्ला, ढुङ्गा हान्नेलाई भलाद्मी भन्ने त होला नि रु भलाद्मीहरूले गुण्डागर्दी गर्नुभयो भन्न पनि मिलेन । मलाई ढुङ्गा हानेर भलाद्मी काम गर्नुभयो’ ओलीले कटाक्ष गरे, ‘ढुङ्गा हानेको विषयमा विभिन्न समर्थनहरू निस्कन थाल्यो ।’
उनले बुद्धिजीवीहरूले हिंसा र ढुंगामुढा गर्नु गलत थियो सम्म भन्न समेत नसकेको बताए ।




