काठमाडौँ, १९ बैशाख । फ्रान्समा पेन्सन नियममा भएको परिवर्तनविरुद्ध मे दिवसका दिन प्रदर्शन भएको छ । प्रदर्शनकारी र प्रहरीबीचको झडपमा १ सय ८ प्रहरी घाइते भएका छन् ।
फ्रान्समा, इम्यानुएल म्याक्रोंको सरकारले पेन्सन नियममा गरेको परिवर्तनको धेरै विरोध भइरहेको छ । नयाँ पेन्सन नियमको विरोधमा विगत केही महिनादेखि जनता सडकमा उत्रिएका छन् ।
मे १ मा मे दिवसको दिन पनि ठुलो सङ्ख्यामा मानिस फ्रान्सको सडकमा उत्रिएका थिए । धेरैजसो स्थानमा प्रदर्शन शान्तिपूर्ण थिए तर केही प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम र पटाका फ्याँक्न सुरु गरे जसका कारण १०८ प्रहरी घाइते भएका छन् ।
फ्रान्समा नयाँ नियमका अनुसार पेन्सन पाउने उमेरलाई ६२ बाट बढाएर ६४ वर्ष बनाइएको छ । देशको श्रम सङ्गठनले नयाँ नियमलाई फिर्ता लिन माग गरिरहेका छन् ।




