हिजोको ठुला उद्योगहरू बेचिएको केपी ओली दाबी

`

     २०८० वैशाख १८ गते २:१४

काठमाडौँ, १८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तासीन पार्टीका नेताहरूले हिजो कमिसनका लागि देशका ठुलठुला उद्योगहरू बेचेर खाएको भन्दै अहिले पनि त्यो क्रम नरोकिएको बताएका छन् । १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल टे«ड युनियन महासङ्घ (जिफन्ट) ले सोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निजीकरणका नाममा नेपालका ठुला उद्योग बेचिएको र अहिले पनि त्यो क्रम जारी रहेको बताएका हुन् ।

‘हिजो जति पनि ठुला उद्योगहरू थिए, ती बन्द गरिएका छन्, निजीकरण मात्र होइन तर बेचिएका छन्’, ओलीले नेपाली कांग्रेसप्रति सङ्केत गर्दै भने, ‘कमिसनका लागि हिजो ठुलठुला उद्योग कौडीको भाउमा बेच्ने काम भयो र अहिले पनि बेच्ने काम हुन लागेका छन्, त्यसलाई रोक्नुपर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?