कानुन केलाएर वार्ता सफल हुँदैन : महावीर पुन

`

     २०८० वैशाख १८ गते १०:२०

काठमाडौँ, बैशाख १८ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले वार्तामा भिजन भएका व्यक्ति हुनुपर्ने बताएका छन् ।

शुक्रबारदेखि अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि बजेट छुट्याउनुपर्ने माग राख्दै माइतीघर मण्डलामा चौबिसै घण्टा धर्ना दिइरहेका पुनले सरकारसँग अहिले वार्ता चलिरहेको प्रसंगमा वार्तामा दूर दृष्टी भएका व्यक्तिहरु हुनुपर्ने बताएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै पुनले नियम कानुन केलाएर कुरा गर्ने वार्ताकारसँग कुरा गर्दा वार्ता सफल नहुने टिप्पणी गरेका छन् ।

उनले भनेका छन् – ‘वार्तामा भिजन (दुर दृष्टी) भएको व्यक्तिहरु हुनु पनि पर्दछ । नियम कानुन केलाएर कुरा गर्ने वार्ताकारहरु सँग मात्र कुरा गर्दा बार्ता सफल हुँदै हुँदैन । किन भने उनीहरुले आफ्नो अधिकार भन्दा बाहिरको काम गर्न सक्दैनन् । कुरा बुझ्नु भयो ?’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?