काठमाडौं, वैशाख १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अखिल नेपाल किसान महासंघको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै राजतन्त्र पक्षधरप्रति आक्रोश पोखेका छन्।
‘राजतन्त्र भनेको कि फटाहले मान्छ, स्वार्थी फटाहले। कि मुर्खले मान्छ कि अज्ञानीले,’ ओलीले भने, ‘केही नबुझ्ने अज्ञानी वा स्वार्थ, साधना गर्ने अज्ञानीले राजतन्त्र मान्छन्।’
उनले दलालहरूले पनि राजतन्त्र मान्ने गरेको आरोप लगाए। ‘दलालहरू र बुद्धि नभएकाहरूले पनि राजतन्त्र मान्छन्,’ ओलीले भने।




