रास्वपाले बोलायो संसदीय दलको बैठक

`

     २०८० वैशाख १७ गते ११:५०

काठमाडौँ, वैशाख १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

उपनिर्वाचनबाट सभापति रवि लामिछाने र स्वर्णिम वाग्ले निर्वाचित भएपछि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।

सोमबार दिउँसो तीन बजे बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने र दलको नेता चयनका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?