एमाले अध्यक्ष ओलीलाई तेह्रथुममा कालो झण्डा

`

     २०८० वैशाख १५ गते १२:५९

काठमाडौँ, १५ बैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्द उनकै जन्मजिल्ला तेह्रथुमको आठराईमा पनि नाराबाजी भएको छ ।

आफ्नो जन्मजिल्ला तेह्रथुमको आठराई गाउँपालिका ४ इवा पुगेका अध्यक्ष ओलीलाई त्यहाँका पहिचानवादीहरुले कालो झण्डासहित नाराबाजी गरेका हुन् ।

अध्यक्ष ओली शुक्रबार आफ्नै जन्म घरसहितको जग्गामा बनेको तेह्रथुम बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गर्न आठराई आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?