रेसुङ्गा विमानस्थलमा सफल उडान परीक्षण

`

     २०८० वैशाख १५ गते १०:५६

काठमाडौँ, १५ बैशाख । गुल्मीको सिमिचौरमा निर्माण सम्पन्न रेसुङ्गामा विमानस्थलमा परीक्षण उडान सफल भएको छ । शुक्रबार नेपाल वायुसेवा निगम ९एनएसी० को एन–एबीटी जहाजद्वारा उडानको सफल परीक्षण भएको हो ।

निगमको ट्वीनिटर जहाजमार्फत क्याप्टेन मनेश विष्टको नेतृत्वमा पाइलट टोलीले रेसुङ्गा विमानस्थलमा सफल उडान परीक्षण गरेका हुन् ।

२०६३ सालमा शिलान्यास भएको विमानस्थलको निर्माण कार्य ८ वर्षपछि २०७१ बाट सुरु भएकोमा २०७५ साल पुसमा सम्पन्न भएको थियो । यद्यपि, उक्त समयमा रेन वे पिंज हुन नसकेकोमा २०७९ मा पिंज भई सफल परीक्षण उडान भएको छ ।

एक सय १६ रोपनीमा निर्माण सम्पन्न विमानस्थलको कूल लागत करिब ३३ करोड रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?