रवि लामिछाने र वाग्लेले आज ११ बजे सांसद पदको शपथ लिँदै

`

     २०८० वैशाख १५ गते १०:३१

काठमाडौँ, वैशाख १५ । उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवनिर्वाचित सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने भएका छन् । बारा–२ बाट निर्वाचित जसपाका उपेन्द्र यादव भने बारामै रहेकाले आज उनको शपथ ग्रहण नहुने भएको छ ।

लामिछाने र वाग्लेको बिहान साढे ११ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शपथ ग्रहण गर्ने सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?