एनसेलको नयाँ नम्बर ९७० बाट सुरु हुने

`

     २०८० वैशाख १४ गते १:३२

काठमाडौं, वैशाख १४ । एनसेलको मोबाइल नम्बर अब ९७० बाट सुरू हुने भएको छ। एनसेल आजियाटाले बिहीबार एक सूचना जारी गर्दै प्रयोगकर्ताहरूलाई ९७० बाट सुरू हुने नम्बर उपलब्ध गराउने जनाएको हो।

यसको लागि कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७८ को चैत ६ गते स्वीकृति पाएको हो।

यतिबेला एनसेलले ९८०, ९८१ र ९८२ नम्बर रेन्जमार्फत सिम कार्ड वितरण गरिरहेको छ। यीबाहेक अब भने ९७० रेन्जबाट पनि सिम वितरण हुने भएको हो।

प्राधिकरणका अनुसार एनसेलले करिब तीन करोड सिम वितरण गरिसकेको छ। तीन करोड सिमको लागि प्राधिकरणले एनसेललाई ९८०, ९८१ र ९८२ रेन्ज प्रदान गरेको थियो।

थप सिमको आवश्यकता भएसँगै कम्पनीले नयाँ रेन्जको आवश्यकता बताउँदै स्वीकृति लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?