गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुँदै

`

     २०८० वैशाख १४ गते १०:२६

काठमाडौँ, बैशाख १४ । गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । एमाले नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वैशाख १२ गते आज अपराह्न ४ बजेभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए ।

योसँगै गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार गठन हुने भएको छ । कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त हुने भएका छन् ।

केन्द्रमा बनेको नयाँ समीकरणसँगै त्यसको असर गण्डकी प्रदेशमा पर्यो र एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो । उनले वैशाख ९ गते विश्वासको मत पाउन भनेर प्रदेशसभामा पेस गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?