सुनको मूल्यमा वृद्धि

`

     २०८० वैशाख १२ गते ११:३६

काठमाडौँ, १२ बैशाख । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ६०० रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलामा १४ सय २० रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?