काठमाडौँ, १२ बैशाख । मे महिनाको अन्तिममा गैर आवासीय नेपाली सङ्घ अमेरीकाज क्षेत्रीय सम्मेलन क्यानडाको टारोन्टोमा हुने भएको छ ।
गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका र ग्लोबल गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् क्यानडाको संयुक्त आयोजनामा मे २७ र २८ मा क्षेत्रीय सम्मेलन हुन लागेको हो । सोमबार भर्चुअल पत्रकार सम्मेलनमार्फत अमेरिकाज क्षेत्रीय सम्मेलनको जानकारी दिइएको हो ।




