चितवन-२ मा एमालेको सुरुवाती अग्रता

`

     २०८० वैशाख ११ गते ३:२३

काठमाडौँ, बैशाख ११ । चितवन-२ मा उपनिर्वाचनको मतगणनाको परिणाम आउनेक्रम शुरु भएको छ ।

इच्छाकामना गाउँपालिकाको वडा नम्बर १ र ३ को प्रारम्भिक मतपरिणाममा एमालेले अग्रता लिएको छ ।

प्राप्त परिणाम अनुसार एमालेका रामप्रसाद न्यौपानेले ३६७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३१९ मत प्राप्त गरेका छन् ।

त्यस्तै काँग्रेसका जीतनारायण श्रेष्ठले २४४ मत प्राप्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?